अनेसास गण्डकी प्रदेश समिति गठन, प्रमाणपत्र वितरण तथा गजल गायन कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०८१ मा प्रकाशित




पोखरा । अनेसास गण्डकी प्रदेश समितिको गठन, प्रमाणपत्र वितरण, गोपनियताको सपथ तथा गजल गायन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । अनेसास नेपाल च्याप्टरको पहल र अनेसास केन्द्रीय समितिको सहमतिपछि यो प्रदेश समिति स्थापना गरिएको हो।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा पूर्व कुलपति सरुभक्त श्रेष्ठ, विशेष अतिथि प्राज्ञ तथा वरिष्ठ लोक गायिका हरिदेवी कोईराला, र अनेसास केन्द्रीय समितिका सदस्य रविन शर्मा, सुमन वर्षा, उपन्यासकार बरिष्ठ पत्रकार बद्रिबिनोद प्रतीक लगायत विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए।
प्रदेश समिति चयन :
गण्डकी प्रदेश समितिमा देवेन्द्र केसी “देवु” अध्यक्ष, दुर्गा न्यौपाने उपाध्यक्ष, असफल गौतम महासचिव, कल्याण पन्त सचिव, कृष्ण रानाभाट कोषाध्यक्ष, र सरस्वती शर्मा “जिज्ञासु” लाई सदस्यको रूपमा चयन गरिएको छ ।

कृति बिमोचन :
देवेन्द्र केसीका दुई नवीनतम कृति दृढ संकल्प (मुक्तक संग्रह) र देवु भाग ३ (गीति एल्बम) को विमोचन गरियो। विमोचन कार्यक्रमको प्रमुख अतिथि सरुभक्त श्रेष्ठ, विशेष अतिथि हरिदेवी कोईराला र अन्य मञ्चासिन अतिथिहरूले गरे।

गजल गायन :
कार्यक्रमको मुख्य आकर्षण कवि तथा साहित्यकार महेश्वर पन्तको गजल गायन थियो। उनका प्रस्तुतिहरूले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।
नवगठित समितिका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरी गोपनियताको सपथ ग्रहण समेत गराइएको थियो ।
कार्यक्रमले गण्डकी प्रदेशमा साहित्य, संगीत, र सामाजिक योगदानका क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले नवगठित समितिलाई शुभकामना दिँदै आगामी दिनहरूमा अझ प्रभावकारी र सृजनात्मक काम गर्ने प्रेरणा व्यक्त गरे।
कार्यक्रममा देश–विदेशका विभिन्न च्याप्टरका प्रतिनिधिहरूको उपस्थिति रहनुका साथै स्थानीय साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम संयोजक दुर्गाबहादुर शाह “बाबा” ले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।