मंसिर १७ पोखरा । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाको आयोजना र ईलाका प्रहरी कार्यालय शिशुवाको सहकार्यमा औषधी व्यवसायिहरुसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ सम्म र रुपा गाउँपालिका भित्र संचालनमा रहेका औषधि व्यवसायिहरुसंग लागू औषध नियन्त्रणमा औषधि व्यवसायिहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले कुलतको पहिलो चरण भनेको सुती र चुरोट भएको र त्यसपछि क्रमश लागुऔशध तर्फ अग्रसर हुने भएकोले यसको रोकथामका लागि औशधी ब्यवसायिहरुले ठुलो सहयोग गर्न सक्ने बताए ।
औषधि व्यवसायि संघ गण्डकी प्रदेशका अध्यक्ष केसरी तिवारी, पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्री प्रसाद गुरुङ, ईलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख प्रहरी नायव उपरीक्षक श्रवण कुमार वि. क. लगायतले कुलतमा फस्नु पर्व नै होशियारी अपनाउनु पर्ने सुझाव दिए ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाका अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष कृष्ण प्रसाद ओझा, सदस्य राम कृष्ण खनाल सदस्य सुमित्रा बञ्जरा केशव राज ढुङ्गाना नवराज पौडेलले सेवा केन्द्रले जुन सुकै कुलतबाट टाडै रहन आग्रह गरेका थिए ।
लागू औषध नियन्त्रण ब्युरोका प्रमुख बिध्याधर त्रिपाठीले सहजीकरण गरेको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ सम्म र रुपा गाउँपालिका भर संचालनमा रहेका औषधि व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।