प्रधानमन्त्री ओली-एनपिसी अध्यक्ष भेटवार्ता


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०८१ मा प्रकाशित




चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषय र संसदीय मामिलाका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभएको थियो । आजै प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री लि छ्याङ नेतृत्वको प्रमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेको थियो । प्रधानमन्त्री लीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय भ्रमणका क्रममा प्रधानमन्त्री ओली हिजो चिन प्रस्थान गरेका हुन। रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।