नेपाली काँग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी गरुङको निधन


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०८१ मा प्रकाशित




मंसिर १८ पोखरा । नेपाली काँग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी दिल बहादुर गरुङको आज बिहान १०३ बर्षको उमेरमा निधन भएको छ ।

पर्वत जिल्ला साविक आर्थरडाँडा घर भई हाल पोखरा महानगरपालिका शिवालयचोक बस्दै आउनुभएका स्व.गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवं ‘काँग्रेस बुढा’का नाममा प्रख्यात थिए । उनी तत्कालीन समयमा गाउँ पञ्चायतको संरचना सुरु भएपछि पाँच पटकसम्म वडा अध्यक्ष भएर काम गरे भने तत्कालीन स्याङ्जा जिल्ला पञ्चायतको सदस्य समेत रहेर काम गरेका थिए ।

२०३२ सालपछि सो गाउँ पर्वत जिल्लामा समाहित भएको थियो भने अहिले कुश्मा नगरपालिका वडा नं १४ मा पर्दछ ।
राजनीति रुपमा चेतना भएमात्र हरेक क्षेत्रको बिकास गर्न सकिन्छ र विभिन्न जातजातिको अधिकार स्थापित गर्न सकिन्छ भन्ने मान्यताका साथ राजनीतिमा लाग्नुभएका गुरुङ बौद्धिक एवं राजनीतिक विचारकका रुपमा चिनिनुभएको लिटिल स्टेप मा.विका संस्थापक शेरबहादुर गुरुङ बताउँछन् ।

उनले पञ्चकोशी मा.वि लगायत अन्य प्रा.वि विद्यालयको संस्थापक भएर गाउँमा शिक्षाको ज्योति फैलाउन योगदान पुर्याएका थिए ।

उनका एक श्रीमति, ३ छोरा, ६ छोरी, ९ नाति, ११ नातिनी, ६ पनाती, र ३ पनातिनी छन् ।

जेठो छोरा सु.इन्द्र बहादुर गरुङ, माईला छोरा यम बहादुर गुरुङ र कान्छा छोरा शेर बहादुर गुरुङ हुन् । कान्छा छोरा शेर बहादुरले एस.के साउण्डको नामबाट पोखरामा सेवा गरिहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।