तीन करोड लागतमा म्याग्दे गाउँपालिकाको सभाहल निर्माण


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०८१ मा प्रकाशित




दमौली । म्याग्दे गाउँपालिका–३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको रु तीन करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सभाहल निर्माणका लागि स्थानीय सरस्वती घिमिरेले आधा रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् । सभाहलको निर्माण गत असारमा पूरा भएको हो । आज त्यसको औपचारिक उद्घाटन हुँदैछ । अब  गाउँपालिकाले कार्यक्रम गर्न अन्यत्र पेक्षालयको व्यवस्था गर्नुपर्ने छैन । साथै अन्य सङ्घसंस्थालाई पनि कार्यक्रम गर्न सहज हुनेछ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।