पोखरा । पोखरेली श्रष्टा शिव प्रसाद त्रिपाठीको लोक आधुनिक गित सार्वजनिक भएको छ।
पोखरामा रही प्राध्यापन र साहित्य लेखनमा क्रियाशिल त्रिपाठीले आफ्नै स्वर र शब्द रचनामा मन्दिर पनि हजुरलाई बजारमा ल्याएका हुन् । आफ्नै युट्युब च्यानल शिव त्रिपाठी युट्युब च्यानलमा सार्वजनिक भएको गीतमा नवराज बरालको संगीत संयोजन रहेको छ ।
दि ओरफेज वेभ सेभेनमा रेकर्ड गरी सार्वजनिक भएको सो गीतमा प्रेमिकाले आफ्नो प्रेमीलाई व्यक्ति गरिएको भावलाई प्रस्तुत गरिएको छ। गतसाता सार्वजनिक भएको गीत अहिले निकै चर्चित समेत भएको छ।
इन्जिनियरिङ अध्ययन संस्थान पश्चिममाञ्चल क्याम्पसमा प्राध्यापन गर्नुहुने त्रिपाठी विभिन्न साहित्यिक सम्मानबाट सम्मानित भईसकेका छन् । उनी निजगढ साहित्य सम्मान , वैजयन्ती श्रष्टा सम्मान ,पल्लव साहित्य सम्मान, साहित्य संगम नुवाकोट सहित दर्जनौ संघ संस्थाबाट सम्मानित भईसकेका छन् ।
पोखरा सहित देशका बिभिन्न भागमा एकल कविता वाचन गरेका त्रिपाठीका ूराख्दा रहेछन् सबैजनाू, ूमैले वर्षौ पछि देख्दाू लगायतका गीत निकै चर्चित छन्।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।