शुक्ला साहित्य प्रतिष्ठान पोखराद्धारा पत्रकार र सहयोगीलाई सम्मान


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०८१ मा प्रकाशित




पोखरा । शुक्ला साहित्य प्रतिष्ठान, पोखराले पत्रकार सहित सहयोगीलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले आयोजना गरेको समिक्षा तथा रचना वाचन कार्यक्रममा प्रतिष्ठानको उन्नयन र विकासमा योगदान पुर्याएकोमा पत्रकार शिशिर पौडेल, सराङ्गकोट साप्ताहिकका सम्पादक यदुनाथ बञ्जरा, परिवर्तन न्युजका सम्पादक प्रकाश अधिकारी, प्रमुख खबर डट कमका सह सम्पादक संजय थापा र रेडियो अकलाका स्टेशन म्यानेजर विराज शर्मा सहित पुर्व अध्यक्ष कुल वहादुर खत्री र मानार्थ सदस्य मदन वहादुर खत्री क्षत्रीलाई सम्मान गरेको हो ।

उनीहरुलाई प्रतिष्ठानका अध्यक्ष हरिवहादुर बरुवाल, संरक्षक प्राध्यापक कुञ्जराज थापा र साहित्यकार नरहरि भट्टराईले सम्मान गरे ।कार्यक्रममा प्रतिष्ठानले गत वर्ष आयोजना गरेको २४ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको आय व्यय समेत सार्वजनिक गर्यो । उक्त प्रतियोगितावाट ६ लाख बढी रकम वचत भएको सचिव दिपेन्द्र वाँनियाले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष हरिवहादुर बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक प्राध्यापक कुञ्जराज थापा, सल्लाहकार शिव त्रिपाठी, पोखरा १९ का वडा सदस्य विकासकुमार आचार्य, पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरा लगायतले नेपाली भाषा, साहित्य र कलाको उत्थानमा प्रतिष्ठानले पुर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा संरक्षक प्राध्यापक कुञ्जराज थापा, सल्लाहकार शिव त्रिपाठी, पुर्व अध्यक्ष नेत्र वहादुर वाँनिया, कुल वहादुर खत्री, सुमन पौडेल, वरिष्ठ उपाध्यक्ष दुर्गादेवी गौतम वस्नेत,कवि रामप्रसाद घर्मेली, सचिव दिपेन्द्र वाँनिया, मोहन सुनार लगायतले रचना वाचन समेत गरेको थिए ।

वरिष्ठ उपाध्यक्ष दुर्गादेवी गौतम वस्नेतले स्वागत गरेको कार्यक्रमको संचालन सचिव दिपेन्द्र वाँनियाले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।