![]( https://everestawaj.com/wp-content/uploads/2024/12/IMG_4731.jpeg)
पोखरा । चिल्ड्रेन नेपालको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले महासचिव जयन्द्र भट्टराईद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष कुलप्रसाद पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन ९आर्थिक वर्ष २०८०/०८१ र आगामी वर्ष २०८१/०८२ का लागि प्रस्तावित कार्यक्रम तथा बजेट सर्वसम्मतिले पारित गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेश सरकारले नागरिक संस्थाका प्रयासलाई उच्च मूल्यांकन गर्दै आगामी दिनमा सरकारबाट सहयोग र साझेदारीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।
संस्थाका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले संस्थाको दिगोपन र आत्मनिर्भरतालाई सुनिश्चित गर्न गरिएका प्रयासबारे जानकारी दिए।
कार्यक्रममा अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूमा निवर्तमान अध्यक्ष भीमलाल गुरुङ, कृष्ण माविका प्रधानाध्यापक प्रेम चपाईं, जनप्रिय माविका प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटी, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की संयोजक बिना सिलवाल, गैरसरकारी संस्था महासंघ गण्डकी कार्यबाहक अध्यक्ष पदमराज पहारी, राष्ट्रिय बालअधिकार परिषद गण्डकी प्रदेशका समन्वय अधिकृत बद्री वाग्ले, पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा, र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश प्रमुख नितु गर्तौला लगायतका व्यक्तिहरूले मन्तव्य व्यक्त गरेका थिए।
सभामा कार्य सम्पादन मूल्यांकनका आधारमा उत्कृष्ट कर्मचारी सम्मान समेत प्रदान गरिएको थियो । सम्मानित व्यक्तिहरूमा कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्मा, लेखा अधिकृत हरिप्रसाद पोख्रेल, र चालकरसहायक सन्तोष नेपाली रहेका छन्। सभामा उपाध्यक्ष विजयकुमार कार्की र महासचिव सचिव जयन्द्र भट्टराईले पनि आफ्ना धारणा राखेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।