जन्मदिनको अवसरमा रक्तदान


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०८१ मा प्रकाशित




पोखरा । रक्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र के.सी. ले ४८ औँ जन्म उत्सवको अवसरमा ४८ औँ पटक रत्तदान गरेका छन ।

जन्मदिनसङ्गै रक्तदान गरौँ भन्ने आह्वानलाई आफैबाट शुरु गरौँ भन्ने उद्घेश्यले पहिला रक्तदाता महेन्द्र के.सी.संगै २० जनाले रक्तदान गरेका हुन् ।

सो कार्यक्रमको शुभारम्भमा ब्लड ब्याग हस्तान्तरण गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले मानविय कार्यको महत्वपूर्ण रक्तदान कार्यमा समर्पित हुनु महत्वपूर्ण रहेको बताए ।

आकस्मिक रक्तदाता यूनिटका व्यवस्थापक हरिश्चन्द्र शर्माले रक्तदानलाई परिवारसँग जोडी सबै परिवार सहभागी हुनसक्नुपर्ने बताए ।

प्रदेश रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीको अध्यक्षतमा भएको कार्यक्रममा रक्तदान अभियान्ता कृष्ण बहादुर थापा, डा. शिव पराजुली, नेपाल बैंक लिमिटेडका प्रवन्धक चतुर्भूज अर्यालले रक्तदान कार्यमा सहभागिता हुन आह्वान गरेका थिए ।

बढ्दो रगतको मागलाई व्यवस्थापन गर्न पोखरामा रहेका सामाजिक संघ संस्था, सहकारी संस्थाहरु र नियमित रक्तदान गर्ने रक्तदाताहरुको सहभागिताले रगत अभावलाई व्यवस्थापन गर्दै आएको छ ।

रगतको सि.वि.सी परिक्षण गराउन रक्तसञ्चार केन्द्रमा नै रक्तदान गर्दा सहज हुने हुदाँ सङ्गैँ जन्मदिनमा रक्तदान अभियान्तालाई बृहत रुपमा शुरु गर्न लागीएको प्रमुख ज्ञवालीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।