पोखरा । पोखरामा फोटोन नेपालले आफ्नो क्रान्तिकारी माउन्टेन ईभी भ्यानको भव्य शुभारम्भ गरेको छ । मंगलबार पोखरामा एक कार्यक्रमका विच पोखराको बुद्धचोकस्थित फोटोन सोरुमले उक्त माउन्टेन ईभी भ्यानको भब्य शुभारम्भ गरेको हो ।
विशेषगरी नेपालको चुनौतीपूर्ण भू–भागको सामना गर्न डिजाइन गरिएको ‘माउन्टेन ईभी भ्यान सबैभन्दा बेस्ट’ स्लोगन रहेको उक्त ईभी भ्यानको पृथ्वी यातायात बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी, स्याङ्जा गण्डकी यातायात कम्पनीका अध्यक्ष भानु बराल, धवलागिरी गण्डकी यातायात सेवा कम्पनीका अध्यक्ष उमेश केसी, पोखरा ब्राञ्च प्रमुख किरण ओझा लगायतले उक्त ईभी भ्यानलाई सार्वजनिक गरेका थिए ।
५३ दशमलव ५८ केडब्लुएच ब्याट्री युक्त उक्त भ्यानले तीन सय किमीसम्मको दायरा प्रदान फेटोन नेपाल पोखराका प्रमुख किरण ओझाले जानकारी दिए । एक सय ३० केडब्लुएच कोचरम शक्ति र ३३० एनएमको अधिकतम टर्कसँगै यो ईभी भिरालो पहाडहरूमा पनि सजिलैसँग गुड्नका लागि बनाइएको छ ।
साथै, कम्पनीले ग्राहकहरूलाई माउन्टेन ईभीको प्रदर्शनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्दै तीन दिने विशेष टेस्ट ड्राइभको पनि आयोजना समेत गरिरहेको छ । तीन दिनसम्म जारी रहने टेस्ट ड्राइभ फोटोन सोरुम बुद्धचोक पोखराबाट प्राप्त छ ।
माउन्टेन ईभी भ्यान पोखराका विद्यालय, सरकारी तथा निजी कार्यालयका लागि विशेष उपयुक्त रहेको कम्पनीको दाबी छ । माउन्टेन ईभी भ्यानमा १४–१६, फराकिलोभित्री भाग र आरामदायी डिजाइन छ । जसले दैनिक यात्रा र लामो दूरीको यात्राको लागि सहजता थप गर्ने कम्पनीले विश्वास गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।