बोङ्गादोभानबाट ढोरपाटन सिकार आरक्ष पुग्ने सडक स्तरोन्नति हुँदै


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०८१ मा प्रकाशित




ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिका बोङ्गादोभानबाट ढोरपाटन सिकार आरक्ष पुग्ने सडकको स्तरोन्नति प्रारम्भ भएको छ ।

दश किलोमिटर लामो यो सडकको स्तरोन्नतिका लागि तमानखोला गाउँपालिकाले रु एक करोड ४५ लाख ५८ हजार विनियोजन गरी काम थालेको गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले जानकारी दिए ।

ढोरपाटनसम्मको यात्रालाई सहज बनाउन थालिएको स्तरोन्नतिका क्रममा सडक चौडा गर्ने, पानीको निकासका निम्ति नाली र बोङ्खानीखोलामा कल्भर्ट निर्माण गरिने छ । यो बाटो २०७५ सालमा खुलेको हो ।

तमानखोला–२ का चुलेन्द्र विकले अहिलेको साँघुरो सडक अब फराक भएपछि सबै प्रयोगकर्ताको आवागमन सहज हुने बताए । तमानखोला बाग्लुङको विकट गाउँपालिका हो । यहाँका धेरै स्थानलाई सडक सञ्जालबाट जोड्न बाँकी छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।