लेकसाइडमा बसुन्धरा रिसोर्ट संचालनमा, बिहिबार समुद्घाटन


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०८१ मा प्रकाशित




पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा बसुन्धरा रिसोर्टको पञ्चकन्याद्वारा बिहिबार उद्घाटन गरिएको छ। रिसोर्ट प्रकृतिप्रेमी पर्यटकहरूलाई लक्षित गर्दै निर्माण गरिएको हो। लटरम्म फलेका रुद्राक्षका बोट, आफ्नै हातले टिप्न सकिने अम्बा र एभोकार्डो, रंगीचंगी फूल, र चराचुरुङ्गीका आवाजले यहाँको वातावरणलाई विशेष बनाएको छ।

रिसोर्टभित्र अमला, बेलपत्र, तुलसीजस्ता आयुर्वेदिक जडीबुटी र एभोकार्डो, लिच्ची, आँप, र रुखकटहरजस्ता फलफूलका बगैंचा रहेका छन्। एसी र टिभि जडित उज्यालो र सफा कोठाहरूबाट हरियाली वातावरण र हिमालको दृश्य अवलोकन गर्न सकिन्छ।

फेवातालबाट २०० मिटर दूरीमा रहेको यस रिसोर्टले पाहुनालाई स्वास्थ्यवर्द्धक परिकारहरू पस्कने जनाइएको छ । सञ्चालक सन्तोष पोखरेलका अनुसार, “कोदो, फापर, मकैजस्ता परम्परागत परिकारलाई विशेष जोड दिइएको छ।”रिसोर्ट परिसरमा उच्च गतिको इन्टरनेट उपलब्ध छ, जसले पाहुनाहरूलाई प्रकृतिसँग रमाउँदै आफ्नो काम गर्न सहज बनाउँछ। पर्याप्त पार्किङ क्षेत्रसहितको यो रिसोर्ट अनुभवी व्यवस्थापन र उत्कृष्ट सेवाले पाहुनालाई सन्तुष्ट पार्ने विश्वास गरिएको छ। उद्घाटनको अवसरमा पहिलो तीन महिनासम्म २० प्रतिशत छुटको व्यवस्था गरिएको संचालक पोखरेलले बताए ।

२५ वर्षको पर्यटन क्षेत्रको अनुभवलाई उपयोग गर्दै सञ्चालक पोखरेलले मध्यम बजेटका पर्यटकहरूलाई लक्षित गरेर बसुन्धरा रिसोर्ट सञ्चालनमा ल्याएको बताएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।