पोखरा । नेकपा माओवादी केन्द्र रुपा गाउँपालिकाको दोश्रो सम्मेलनले अध्यक्षमा उमाकान्त खनाल निर्वाचित भएका छन् । आज सम्पन्न सम्मेलनले खनालको अध्यक्षतामा २७ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा एस बहादुर गुरुङ, सचिवमा विश्व अधिकारी र कोषाध्यक्षमा प्रशान्त न्यौपाने चयन भएका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव देबप्रसाद गुरुङ , पोलिटब्युरो सदस्य राजकाजी गुरुङ , केस गङ्गा पोख्रेल, जिल्ला संयोजक बिश्व प्रकाश लामिछाने , प्रदेश सचिबालयका निर्मला सुबेदी लगायतको उपस्थिती रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।