नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा भेषराज


     एभरेस्ट आवाज    
     मंसिर ३० गते २०८१ मा प्रकाशित




पोखरा, मंसिर ३०

नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा भेषराज पौडेल चयन भएका छन् । माओवादी अन्नपूर्ण गाउँपालिकाको हालै भएको तेश्रो अधिवेशनले पौडेलको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षहरुमा शोभाखर अधिकारी, चिजकुमारी परियार र सूर्य परियार, सचिवमा शरणसिंह बि.क., सह–सचिवमा टेकप्रसाद अधिकारी र कोषाध्यक्षमा दिपशिखा गिरीलाई चयन गरेको छ ।

खबरदारी सभाका रुपमा गरिएको अधिवेशनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज दिननाथ शर्माले वर्तमान सरकारका कारण देशमा भ्रष्टाचार मौलाउनुका साथै बेथिति र दुरावस्थामा पुगेको बताए । यसको अन्त्य गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिका लागि माओवादीको बिकल्प नभएको उनको भनाई थियो ।

नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष धर्मबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज रामजीप्रसाद बराल, केन्द्रीय सदस्य दुर्गा वि.क., कास्की जिल्ला सचिव विनय थापा, कास्की क्षेत्र नम्बर ३ का क्षेत्रीय संयोजक भीमबहादुर क्षितिज, ३(१) र (२) का संयोजक भोजराज पौडेल र बलराम सुवेदी, अन्नपूर्ण गाउँपालिका इञ्चार्ज दुर्गादत्त भण्डारी, प्रदेश सदस्यहरु गोविन्द अधिकारी र चुडामणि अधिकारीलगायतको उपस्थिति थियोे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।