रास्वपा अध्यक्ष लामिछानेलाई अदालत उपस्थित गराइयो


     एभरेस्ट आवाज    
     पौष २ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

सहकारी ठगीको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो । 

प्रहरीले निजमाथिको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि उक्त प्रतिवेदन अध्ययन गरी अभियोजन तयार गर्ने काम भइरहेकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । उहाँलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको हो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।