भूपू विद्यार्थी मञ्चद्वारा मानव सेवा आश्रममा भोजन


     एभरेस्ट आवाज    
     पौष २ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा मंगलबार आश्रममा आश्रित ९२ जनालाई लक्ष्मी नारायणहरुलाई विहानको भोजन प्रदान गरेको छ ।

छोरेपाटन माविका पुर्व विद्यार्थीहरु राजकुमार गुरुङ (भरत), राजेन्द्र गुरुङ, विनम गुरुङ, कविता गुरुङ, एलिसा गुरुङ र उनको परिवारले स्वर्गिय आमा जगन कुमारी गुरुङको स्मृतिमा सहयोग गरेका कार्यक्रम संयोजक मञ्चका उपाध्यक्ष हिमलाल उपाध्यायले बताए ।

सो अवसरमा मञ्चका अध्यक्ष कृष्ण रानाभाट, कोषाध्यक्ष कविता गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्यमा निवार्चित तथा मञ्चकी सहसचिव ज्योति हमाल, डेभिज फल क्लबका अध्यक्ष विनम गुरुङ लगाएतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।