पोखरा । नेपालका लागि अमेरिकी राजदुत थम्सनले कास्कीको मादी १ सिक्लेसको अनौपचारिक भ्रमण गरेका छन् ।
मंगलबार राजदुत थम्पसन सहितको टोलीले सिक्लेसको अनौपचारिक भ्रमण गरेका हुन् ।
राजदुत थम्पसन सिक्लेसमा विगत ५ महिनादेखि पिस कोर नेपालको आयोजनामा पर्यटन प्रवद्र्धनका लागि होम स्टे सञ्चालकहरुलाई अंग्रेजी भाषा प्रशिक्षणका लागि त्यहाँ रहेका क्याथलिन ( काशी )संगको भेटघाट र घुम्नका लागि पुगेका थिए ।
टोलीमा राजदुत थम्पसनसहित उनी पत्नी जेन थम्पसन, पिस कोर नेपालका प्रमुख ट्रोरी कोफोर्थ, पिस कोर साईट इन्चार्ज राजु कंडेल सहित लगायत थिए ।
उनीहरुलाई वडा अध्यक्ष देवीजंग गुरुङ , सिक्लेस एक्याप प्रमुख संग्राम कार्की, सिक्लेस होम स्टेका अध्यक्ष टाईमाया गुरुङ लगायतको टोलीले स्वागत गर्नुका साथै गाउँ घुमाएका थिए ।
सो अवसरमा राजदुतहरुको टोलीले स्थानीयले बनाएका भाङ्ग्रा, बख्खु, कम्मल, डोको बुन्दै गरेको गरेको बुन्दै गरेको दृश्य निकै उत्सुकता सहित अवलोकन गरेको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।