पुष ३ पोखरा । पोखरामा यही शनिबार लोक गायक कृष्ण थापामगर एकल साँझ हुने भएको छ ।
नेपाल मगर साँस्कृतिक संघ कास्कीको आयोजनामा लोक गायक कृष्ण थापामगर एकल साँझ हुने भएको हो । आयोजकले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै एकल साँझको तयारीबारे जानकारी दिएको हो ।
यस अघि खड्का गर्बुजा एकल साँझ सम्पन्न गरी सकेको संघले यही पुष ६ गते ‘कृष्ण थापामगर एकल साँझ’ को आयोजना गर्न लागेको नेपाल मगर साँस्कृतिक संघ कास्कीका अध्यक्ष सरिता सारु मगरले जानकारी दिइन् ।
‘नेपाल मगर साँस्कृतिक संघ कास्कीको आयोजनामा यही पुष ६ गते शनिबार कृष्ण थापा मगर एकल साँझ आयोजना गर्दै छौं, अध्यक्ष सारु मगरले भनिन्, ‘हामीले यो भन्दा अगाडि पनि खड्का गर्बुजा एकल साँझ सम्पन्न गरी सकेका छौं, एकल साँझबाट आउने रकम हामीले सामाजिक सेवामा खर्च गर्दै आएका छौं ।’
उनले मौलिक लोक गीत जर्गेना गर्ने अभिप्रायले विगत लामो समयदेखि नेपाली मौलिक लोक गायनको क्षेत्रमा लोक गायक थापमगरको योगदान छ ।
वि.स. २०२५ साल तनहुँ बसन्तपुर गाविस ३ मा जन्मिएका थापामगरले २०४५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए । लोक गायक थापामगरले २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालद्धारा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







