साङ्केतिक तस्विर
पोखरा । पोखराबाट बिहीबार घान्द्रुक जाँदै गरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बिहीबार दिउँसो कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं.१० बिकासे डाँडामा ग १ ज ६८२१ नम्वरको जीप दुर्घटना भएको हो । दुर्घटनामा जीपमा सवार ७ जना मध्य ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेमध्य मुस्ताङ थासाङ गा.पा. १ टुकुचेकी बर्ष ७० की भिम कुमारी थकाली गम्भीर घाइते भएको जनाइएको छ । उनको शरिरका विभिन्न भागमा चोट लागेको छ ।
यस्तै घाइते हुनेहरुमा पोखरा – १६ दिप बस्ने वर्ष २० की रिहाना थकाली, मुस्ताङको थासाङ गाउपालिका १ टुकुचेकी ३१ वर्षे ज्योती खत्री थकाली, बाग्लुङ गलकोट नगरपालिका १ झाँक्रीस्थानकी वर्ष ७६ की खिम कुमारी खत्री, वर्ष ५२ की नविना खत्री छन् । उनीहरुको अवस्था मध्यम रहेको छ । जीपमा सवार बाग्लुङका गलकोट – १ झाँक्रीस्थानकी ४० वर्षिया अनिता खत्री भने सकुशल छन् ।
चालकले गाडी रोकेर बाटो हेर्ने क्रममा जीप अचानक सडकबाट अन्दाजी ६ सय मिटर तल खस्दा भिरमा अड्किएको थियो । दुर्घटनाको खबर प्राप्त गर्ने पुगेको घान्द्रुकस्थित प्रहरी चौकी, प्रहरी चौकी बिरेठाँटी र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो ।
दुर्घटनामा संलग्न जीप चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







