पोखरा । पोखराको प्रतिभा मा. वि.मा प्रतिभा आइडल सम्पन्न भएको छ । विद्यालयको ईसीए विभागले कक्षागत रुपमा उक्त प्रतियोगिताको आयोजनामा गरेको हो ।
कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागि प्रतियोगितामा ५१ समुहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा कक्षा ५ का प्रथम प्राप्ती पौडेल, द्वितिय आयुश्री तिमिल्सीना, आशिमा सेन, तृतिय नमुना सुवेदीको समुह भएका छन् ।
यस्तै कक्षा ७ तर्फ प्रथम आर्यन क्षेत्री, द्वितिय बैरनवी उपाध्याय हुँदा अदिति बास्तोलाको समूहले तृतिय स्थान प्राप्त गर्यो।
कक्षा ८ तर्फ सर्वर्णि बास्तोला प्रथम, सम्पदा अर्याल द्वितिय र तृतिय एञ्जिला नेपालीको समुह हुँदा कक्षा ९/१० तर्फ एभरग्रिन केसी प्रथम, द्वितिय सुलभ भण्डारीको समुह र तृतिय प्रमित पाण्डेको समुह भएको विद्यालयले जनाएको छ । यस अघि प्रतियोगिताको विद्यालयका प्राचार्य किरण सापकोटाले उद्घाटन गरेका थिए ।
विद्यालयको शैक्षिक कार्यक्रम अन्र्तगत प्रतियोगिता सञ्चालन भएको अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







