पोखरा । पोखरा– २७ मा कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा जागारुक नागरिक समाज ईकाई गठन भएको छ । शुक्रबार वडा कार्यालयमा भएको भेलाले सापकोटाको अध्यक्षतामा जागारुक नागरिक समाज ईकाई गठन गरेको हो ।
नव गठित समितिको सचिवमा घनश्याम ढुंगाना, कोषाध्यक्षमा बिष्णु प्रसाद लामिछाने र सदस्यहरुमा शान्ता पाण्डे, प्रभा पौडेल, विरेन्द्र भुर्तेल, पुर्णीमा खनाल, डम्वर अधिकारी, लक्ष्मी सापकोटा, थमन अधिकारी र मञ्जु अधिकारी चयन भएका छन् ।
पोखरा महानगरका सवै वडामा समिति गठन गर्ने योजना अन्र्तगत वडा नम्वर २७ मा ईकाई गठन गरिएको हो ।
नवनिर्वाचित समितिलाई पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
उनले समाजमा व्याप्त खराव कामका विरुद्धमा खवरदारी र राम्रा कामका विषयमा सकरात्म भुमिका निभाउन अनुरोध गरे ।
कार्यक्रममा लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य अर्जुन भण्डारी, परोपकार नागरिक समाजका अध्यक्ष देवराज पन्थी, निर्वाचन समितिका संयोजक जगननाथ तिमिल्सेना र तालचोक महिला समुहकी अध्यक्ष पुर्णीमा खनाल लगायतले बोलेका थिए ।
यसअघि समाजका अध्यक्ष रामहरि ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक सिता बस्ताकोटी र सञ्चालन समाजकी सचिव सावित्री भट्टराईले गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







