पोखरा । पोखरा – ०९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा व्रिटिस गोर्खाका मेजर सुर्य बहादुर गुरुङले विद्यालयमा अध्ययनरत २४० जना विद्यार्थीहरुलाई खाजा वितरण गरेका छन् । समाजसेवी मेजर गुरुङले उक्त कार्यक्रममा बोल्दै बालबालिकाहरुले एक वर्षमा हुने ३६५ दिनलाई विशेष रुपमा लिएर हरेक दिन नयाँ नयाँ ज्ञानगुनका कुरा सिकेमा सफल भविष्य निर्माणमा सहयोग पुग्ने धारणा राखे ।
प्रमुख अतिथि पोखरा मनपा वडा नं ९ का कार्यबाहक अध्यक्ष नन्दराम गिरिले दाताप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयमा स्थानीय तहसँगै सरोकारवालाहरुको चासोले थप उचाई हाँसिल हुन मद्दत पुग्ने बताए ।
विद्यालय व्ववश्थापन समितिका अध्यक्ष विक्रम थकालीले धन्यवाद व्यक्त गर्दै दाता गुरुङ परिवारलाई हार्दिक कृतज्ञताका साथ विद्यालयको अवस्था र परिवेशलाई प्रष्ट पारेका थिए ।
राखेकी कार्यक्रममा शिक्षाप्रेमी महेश गुरुङले समसामयिक विषयमा आफ्ना शैक्षिक अनुभवसहित विद्यालयका सम्वन्धमा मन्तव्य राखेका थिए । विद्यालयका सल्लाहकार, सहारा क्लबका अध्यक्ष र पूर्व अध्यक्षहरु, कार्यसमिति पदाधिकारीहरु, सहारा युकेका पदाधिकारीहरु, शिक्षाप्रेमी, सहयगी दाता गुरुङकी धर्मपत्नी र छोराछोरीहरुको उपस्थिति रहेको कार्यक्रममा प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तब्य र सञ्चालन विद्यालयका शिक्षक सुदिप कोइरालाले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







