पोखरा । नेपाली काँग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने विशेष अभियान तिव्र पारेको छ ।
अभियान अन्तर्गत क्षेत्र, पालिका र वडास्तरमा कार्यक्रम तिव्र गतिमा संचालन भैरहेको कास्की काँग्रेसका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । हरेक दिन जसो कुनै न कुनै कार्यक्रम भैरहेको छ प्रवक्ता सिग्देलले भने, अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन निकै मेहनत गरेका छौं ।
कास्की क्षेत्र नं १ मा पुस ७, कास्की क्षेत्र नं ३ मा पुृस ९ गते क्षेत्रीयस्तरका कार्यक्रम भएका छन् । क्षेत्र नं २ मा कार्यक्रमको मिति पछि तय हुनेछ । पुस १० देखि भने पालिकास्तरमा कार्यक्रम शुरु भएको छ ।
माछापूच्छे गाउँपालिकामा पुस १० गते, अन्नपूर्ण गाउँपालिकामा पुस १३ गते, मादी गाउँपालिकामा पुस १८ गते र रुपा गाउँपालिकामा पुस २० गतेका लागि कार्यक्रम तय भएको छ । कास्की काँग्रेसले कास्कीका ७२ वटा इकाइमा संयोजक सहित प्रतिनिधि खटाइ सकेको छ । वडामा पुगेका प्रतिनिधिहरुले विभिन्न १० वटा बुँदामा छलफल गरी पार्टीलाई प्रतिवेदन बुझाउनुपर्ने छ ।
जनतासँग नजिक हुने, समस्या बुझ्ने, समस्या समाधानका लागि पहल गर्ने र पार्टीलाई शशक्त बनाउनका लागि अभियान अत्यन्त प्रभावकारी बनेको नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको भनाइ छ । अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य गोविन्द भट्टराई कास्की आएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा विगत २५ वर्षदेखि हुदै आएको बोलबम पदयात्रा यस वर्ष पनि वृहत…






