गण्डकी अटो मेकानिकलमा क्षमता विकास तालिम


     एभरेस्ट आवाज    
     पौष १० गते २०८१ मा प्रकाशित




पोखरा । गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसनको आयोजनामा एक दिने नेतृत्व बिकास तथा क्षमता बिकास तालिम भएको छ ।

एशोसिएसनको नवनिवार्चित पदाधिकारी, सदस्य , उपसमितिमा रहेका सदस्यहरुको क्षमता विकासका लागि तालिम आयोजना गरीएको एशोसिएसनका पूर्व अक्ष्यक्ष एंव नेपाल अटो मेकानिकल व्यवसायी मंहासघका उपाध्यक्ष कुलबाहदुर नेपालीले बताए ।

यसअघि तालिमको पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान वुद्दाचार्यले जीवनको भोगाई महत्वपूर्ण रहने हुँदा ,सिप क्षमताको विकासमा तालिमले योगदान दिने बताए ।

महासंघका महासचिव शोभा गौतमले अनुभवले जिवनमा ब्यवसाय संचालनमा भूमिका रहने बताइन ।

कार्यक्रममा प्रेस सल्लाहकार कृष्ण बहादुर थापा ,पूर्व अध्यक्ष सानुमान जलारी ,प्रशिक्षक एवं संस्था का मानर्थ सदस्य सुर्यप्रसाद ढकाल, अमृत शुवर्णकार, लगायतले तालिमका विषयवस्तु माथि प्रकास पारेका थिए ।

एशोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नवराज सुनार महासचिव विजेन्द्र चौधरी ,सचिव सन्तोष कुमार ,ताल नगरी साप्ताहिकका सम्पादक सूर्य सिकारु, कार्यलय प्रमुख प्रावती बराल लगायतले बोलेका थिए । प्रशिक्षणमा ४२ जनाको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।