पोखरा । कास्कीमा नेपाल विद्यार्थी संघको सदस्यता वितरण अभियान शुरु भएको छ ।
नेपाल विद्यार्थी संघ कास्कीले विहीबारदेखि सदस्यता वितरण अभियान शुरु गरेको हो । पोखराको वन विज्ञान अध्ययन संस्थानमा आयोजित कार्यक्रम बीच नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले सदस्यता वितरण अभियान शुभारम्भ गरे ।
नेपाल विद्यार्थी संघ कास्कीका पूर्व सभापति समेत रहनु भएका सहसचिव एवं प्रवक्ता सिग्देलले नेपाल विद्यार्थी संघको सदस्यताले विद्यार्थीको सान र मान बढ्ने बताए । निरंकुशता विरुद्व खरो उत्रेको नेपाल विद्यार्थी संघल अब राजनैतिक विकृतिका विरुद्व उत्रने बेला आएको उल्लेख गरे ।
सदस्यता वितरण अभियानका केन्द्रीय प्रतिनिधि दिनेश शाही र विश्वनाथ मिश्रले विद्यार्थीले राजनीति बुझ्नै पर्ने विषय भएको बताए ।
नेपाल विद्यार्थी संघ कास्कीका सभापति गौरब बरालले कास्कीमा १० हजार विद्यार्थीलाई सदस्यता वितरण गर्ने लक्ष्य रहेको जानकारी दिए ।
कार्यक्रममा विद्यार्थी नेताहरु सुस्मिता चौधरी, डिफान भुजेल, प्रदिप श्रेष्ठ र विश्वराज पौडेल लगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा…





