पोखरा, पुस १३
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आगामी तीन महिना भित्र आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा आउने भएको छ । आमा स्मृति फाउण्डेसनको पहलमा माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित देउपुजे भन्ने ठाउँमा ५ करोडको लागतमा स्वास्थ्यचौकीसहितको आवासीय ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’ तीन महिना भित्र सञ्चालनमा आउन लागेको हो ।

ईहमान फाउण्डेसन जर्मनी, आमा स्मृति प्रतिष्ठान माछापुच्छ«े गाउँपालिका र नाना मोहन आश्रमको सहयोगमा निर्माण गरिएको सेवा केन्द्र भवनको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शनिबार उद्घाटन गरे । उद्घाटनलगत्तै ईहमान फाउण्डेसन जर्मनीले स्थानिय आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण ग¥यो ।
सेवा केन्द्र भवन निर्माण सम्पन्न भएपनि तीन महिना पछि मात्रै सञ्चालनमा आउने आमा स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्तराज दवाडीले जानकारी दिए । उनका अनुसार भवनमा झ्याल ढोका निर्माण गर्न तथा रंगरोगन गर्न बाँकी छ । भवन निर्माणका लागि मात्रै ईहमान फाउण्डेसनको सहयोगमा ५ करोड खर्च गरिएको छ । अब झ्याल ढोकादेखि रंगरोगन गर्नसम्मका लागि थप साढे २ करोड जति खर्च आवश्यक पर्ने उनको भनाई छ ।

सेवा केन्द्रमा स्वास्थ्यचौकी राखेर स्वास्थ्य सेवासमेत दिईने भएको छ । एक जना एमविविएस डाक्टर र अन्य नर्ससहितको सेवा दिईने प्रतिष्ठानका अध्यक्ष गुणाखर दवाडीले जानकारी दिए । ‘वृद्धाश्रममा औषधीसहितको स्वास्थ्य सेवा हुनेछ, भविष्यमा आफ्नो छुट्टै एम्वुलेन्सपनि राख्ने हाम्रो उद्धेश्य हो’–उनले भने । उनका अनुसार स्वास्थ्यचौकीमा सेवा केन्द्रका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिईनेछ भने अन्य स्थानियलाई सशुल्क सेवा प्रदान गरिनेछ ।
सेवा केन्द्रमा सिंगल, डबल र ट्रिपल बेडहरु छन् । भान्छा, बगैंचा र सामान्य पार्कसहितको सेवाकेन्द्रमा सुरक्षाकोसमेत प्रबन्ध मिलाइएको अध्यक्ष दवाडीले जानकारी दिए । वृद्धाश्रम भित्रै अडियो, भिडियो कक्षसहितको पुस्तकालय राखिनेछ भने वृद्धवृद्धाहरुका लागि मल्टिमिडिया कक्ष, योगा, मेडिटेसनलगायतका सुविधापनि रहने उनको भनाई छ ।
सेवा केन्द्रमा ६५ वर्ष माथिका असहाय, गरीब तथा विपन्न परिवारका बृद्ध,बृद्धाहरुलाई निःशुल्क राखिने जनाइएको छ । केहिलाई सशुल्कसमेत राखिने अध्यक्ष दवाडीले बताए । ‘सेवा केन्द्रलाई आत्मनिर्भर बनाउनका लागि यस्तो गर्न लागिएको हो’–उनले भने । उनका अनुसार धनसम्पती तथा छोराछोरी भएकाले वृद्धाश्रममा बस्नका लागि मासिक शुल्क तिर्नुपर्नेछ । महिला र पुरुषका लागि छुट्टाछुट्टै ब्लक निर्माण गरिएको सेवा केन्द्रमा पहिलो चरणमा महिला र पुरुष २०÷२० जना गरेर कुल ४० जना राखिनेछ । पछि बिस्तारै सेवा केन्द्रको क्षमता बिस्तार गरेर ५०÷५० जना महिला÷पुरुष राखिने संस्थापक अध्यक्ष दवाडीले बताए ।
सेवा केन्द्र भवनको उद्घाटनको अवसरमा सेवा केन्द्र निर्माणका लागि सहयोग गर्ने जर्मनीको ईहमान स्टिफटुङ साभोग्निन स्वीजरल्याण्डलाई सम्मान गरिएको थियो । कार्यक्रममा आमा स्मृति प्रतिष्ठानले ईहमान स्टिफटुङ साभोग्निन स्वीजरल्याण्डका प्रतिनिधिहरु माथियाज मारिया डोल्ड, अन्नेट कोबर, एन्जेलिका मार्टिना ईर्सित लुथर र गेरहार्ड जोसेफ होचग्रिबरलाई दोषल्ला ओढाएर सम्मान गरेको हो ।
त्यस्तै सेवा केन्द्र भवन निर्माणका लागि जग्गा दान गर्ने स्वर्गिय नाना गुरुङ र मोहन गुरुङको स्मृतिमा उनका छोरा तथा माछापुच्छ«े गाउँपालिकाका संस्थापक अध्यक्ष कर्णबहादुर गुरुङसहित उनका दाजुभाईहरु दुर्गाबहादुर गुरुङ, बरबहादुर गुरुङ र छोरी शुकमाया गुरुङ तथा उनीहरुका परिवारका सदस्यहरुलाईपनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सेवा केन्द्रका लागि सरकारले सहयोग गर्ने आश्वासन दिए । दुई तिहाई सरकारले चाहे गर्न नसक्ने केहि छैन भन्ने जनताको चाहना देखिन्छ,उनले भने,‘जनचाहना अनुसार नै सरकारले काम गर्नेछ । यहाँको सेवा केन्द्र सञ्चालनका लागि सरकारले केहि न केहि सहयोग गर्नेछ ।’
सो अवसरमा ईहमान स्टिफटुङ साभोग्निन स्वीजरल्याण्डका प्रतिनिधि माथियाज मारिया डोल्डले ज्येष्ठ नागरिकका लागि भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । साथै आगामी दिनमापनि सहयोग जारी राख्ने उनले प्रतिबद्धता जनाए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







