१२ पुष पोखरा
पोखराको फेवा किनारमा आजदेखि पोखरा सडक महोत्सव शुरु भएको छ । रेवान पोखराको आयोजनामा सुन्दर तथा पर्यटकीय राजधानी पोखरामा २६ औँ पोखरा सडक महोत्सव शुरु भएको हो । महोत्सवको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले उद्घाटन गरे ।
महोत्सव शुरु हुनुअघि पोखराको लेकसाईडस्थित खहरेबाट विभिन्न जातजाति, ६० बढी आमा समुह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाहरुले साँस्कृतीक झाँकीसहित ¥याली निकाले ।

आयोजक समिति रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव पुस १७ गतेसम्म जारी रहनेछ । महोत्सव खहरेचोकदेखि अम्बटसम्मको ३ किलोमिटर दुरीमा सञ्चालन भएको छ । महोत्सव क्षेत्रमा रेष्टुरेण्टहरुले सडकमै निकालेर आफ्ना परिकारहरु पस्किएका छन् । सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नाराका साथ हुने महोत्सवका लागि ३ किलोमिटर क्षेत्रलाई ध्वजापताका टाँगेर दुलहीझैं सजाइएको छ । महोत्सवमा खानाका परिकारसँगै विभिन्न ३ फरक ठाउँमा स्टेज राखेर गीत, संगीत प्रस्तुत गरिदैछ । मुख्य स्टेज कोमागाने पार्कमा राखिएको छ भने त्यहाँ न्यू ईयर ईभको दिन चर्चित व्याण्डहरुले प्रस्तुती दिदैछन् । महोत्सव अवधीभर सातै प्रदेश र विशेष गरेर गण्डकी प्रदेशमा भएका सांस्कृतिक विविधताहरु प्रस्तुत गर्ने व्यवस्था मिलाइएको अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।
यसैगरी महोत्सव अवधीभर विभिन्न खेलकुदका क्रममपनि हुने खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिए । सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरुको चम्चा दौड, डुङ्गा दौड लगायत प्रतिष्पर्धा हुने उनले बताए ।
त्यसैगरि अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारी सहितको सडक सम्वाद कार्यक्रम हुने रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले जनाए । उनका अनुसार अम्मटमा दुई दिन सम्म सडक सम्वाद कार्यक्रम चल्नेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







