पोखरा । पृथ्वी यातायात सहकारी संस्थाले तेस्रो वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा सहित विद्यालय हातामा सरसफाई गरेको छ ।
संस्थाले कास्कीको अन्नपूर्ण गाउँपालिका सल्यानस्थित बराह आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्याना कपडा र स्टेश्नरी सहित विद्यालय वरपर सफाई गरेको संस्थाका प्रबन्धक सपना रेग्मीले जानकारी दिइन् ।
पृथ्वी राजमार्ग बस समितिमा आवद्ध यातायात व्यवसायीहरुको हकहित सहित आर्थिक सहभागिताका लागि शुरु गरीएको संस्थामा यातायात व्यवसायीहरु आवद्ध छन् ।
कार्यक्रममा पोशाक वितरण गर्दै संस्थाका अध्यक्ष योगेन्द्र बहादुर के.सी.ले सहकारी कारोबार, सदस्य सेवा सङ्गै संस्थाले सामाजिक कार्यहरु पनि गर्दै आएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तायकाजी गुरुङ्गको अध्यक्षतमा भएको कार्यक्रममा विद्यालयका प्रधानध्यापक प्रेम बहादुर के.सी., शिक्षक अभिभावक संघका अध्यक्ष धनबहादुर के.सी., पृथ्वी राजमार्ग बस समितिका वरिष्ठ प्रवन्धक ज्ञान बहादुर के.सी.ले लगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







