पोखरा । तमु समुदायको भाषा, धर्म, संस्कृति तथा हक अधिकारको संरक्षणका लागि समर्पित संस्था तमु धिं नेपालले पत्रकारिता मार्फत तमु संस्कृति र लोक संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याएकोमा पत्रकार राज बहादुर गुरुङलाई साँस्कृतिक सम्मान २०८१ प्रदान गरेको छ।
तमु ल्होछार २०८१ को अवसरमा पोखरा(९, नयाँबजारस्थित तमु धिं नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा स्व। धनबहादुर लामिछाने तमु स्मृतिकोष मार्फत उक्त सांस्कृतिक सम्मान प्रदान गरिएको हो। तमु ९सप्री० ल्होछारको अवसरमा आयोजित कार्यक्रममा गुरुङलाई सम्मान गर्दै संस्थाले लोक संस्कृतिको संरक्षणमा उनको योगदानको उच्च कदर गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, तमुधिं नेपालका का।वा। अध्यक्ष श्रीप्रसाद गुरुङ र महासचिव जुनाकुमारी गुरुङ, रसंयुक्त रूपमा सम्मान प्रदान गरेका थिए।
तमु धिं नेपालले लामो समयदेखि तमु समुदायको भाषा, धर्म, संस्कृति तथा हक अधिकारको प्रवर्द्धन र संरक्षणका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ। सम्मानित व्यक्तित्व गुरुङले पत्रकारितामार्फत तमु संस्कृतिको उजागर गर्न र लोक संस्कृतिलाई जगेर्ना गर्न पुर्याएको योगदानलाई संस्थाले ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि र तमु धिं अन्तर्गतका क्षेत्रीय समाजहरुका सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







