पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्ला नागरिक आरोग्य समिति र स्थानीय नागरिक आरोग्य समिति सहित सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला नागरिक आरोग्य समितिका संयोजक लिलाधर पौडेलले उद्घाटन गरेका थिए ।
पौडेलले स्वास्थ्य नागरिक नै सम्ब्रिद्दीको प्रमुख आधार भएको हुदा नागरिक आरोग्य कार्यक्रम सहित आयुर्बेद स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम थप प्रभाबकारी बनाउन कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । कास्की सबै पालिकाहरूमा नागरिक आरोग्य कार्यक्रम मार्फत आयुर्वेदिक चिकित्सा पद्दतिलाइ प्रभाबकारी बनाउनुपर्ने बताए । शारीरिक, मानसिक ,भावना,र सामाजिक स्वास्थ्य स्वस्थ्य जीबनका आधार परिष्कृत गराउन कार्यक्रम फलदायी भएको पौडेलले उल्लेख गरे ।
कार्यक्रममा नागरिक आरोग्य कार्यक्रम सहित आयुर्वेद चिकित्सा पद्धतिको बारेमा गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डाक्टर शंकर गौतमले अबधारणापत्र पेश गरेका थिए । सोहि अस्पतालका डाक्टर राम कृष्ण भुजेलले स्वास्थ्य जीबनको लागि योगाको महत्वको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा जेष्ठ नागरिक मंच पोखरा १७ का टोपराज ढुंगानाले वडास्तरमा नागरिक आरोग्य समिति गठन भए पनि प्रभाबकारी काम हुन नसकेको भन्दै वडा वडामा प्रभाबकारी कामका लागि थप समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिब लम्साल , जीबन बिज्ञान प्रशिक्षक शिक्षा बिकास केन्द्र गण्डकी प्रदेश संयोजक शंकर पोखरेल , सोही केन्द्रका प्रशिक्षक बासुदेब पौडेल सहितले सो बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा कास्कीका पालिकाहरूका स्थानिय नागरिक आरोग्य समिति सहित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला नागरिक आरोग्य समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







