पुस १९ काठमाण्डौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सङ्घीय संसद्को बैठक बोलाउन आग्रह गरेको छ ।
पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज बसेको स्थायी समिति बैठकले संसद् बैठक बोलाउने विषयमा आलटाल गरिएको भन्दै संसद्को बैठक बोलाउन दबाब सृजना गर्ने निर्णय गरेको छ ।
संसद्को बैठक बोलाउने सवालमा ढिलासुस्ती गरेको बारेमा बैठकमा छलफल भएको र जसका कारण लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
बैठकमा सहभागीहरूले समसामयिक परिस्थिति र पार्टी रूपान्तरणलगायत विषयमा पनि छलफल भएको उनले बताए । माओवादी स्थायी समिति बैठक भोलि दिउँसो २ः०० बजे बस्नेगरी स्थगित भएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तनहुँको व्यासस्थित नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको ताल…





