पोखरा । पृथ्वीधर सिग्देल समाजले “लक्ष्मी स्मृति पुरस्कार – २०८१” बाट शिक्षा, धर्म संस्कृति र नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्याएका प्राध्यापक मुकुन्दशरण उपाध्यायलाई सम्मानित गरेको छ । समारोहको प्रमुख अतिथि शिक्षाविद् जोर्ज जोन, छनौट समितिका संयोजक किशोरदत्त बराल, संस्कृतिबिद् कवि तीर्थ श्रेष्ठ, समाजका अध्यक्ष मैया सिग्देल (अध्यक्ष, पृथ्वीधर सिग्देल समाज परिवार) ले गरेका थिए ।
प्रमुख अतिथि शिक्षासेवी जोर्ज जोनले सामुदायिक रुपमा एउटा असल संस्कारलाई निरन्तरता दिएकोमा प्रशन्नता ब्यक्त गरे । सम्मान्नित ब्यक्तित्व उपाध्यायलाई बधाई र स्वस्थ दीर्घ जीवनको कामना गर्दै प्रमुख अतिथि जोनले सम्मानित ब्यक्तित्व उपाध्यायसॅंग पि एन क्याम्पसमा पढाउदा खेरीको सानिध्यता स्मरण गरे ।
कार्यक्रममा समाजका अग्रज बिश्व सिग्देलले लक्ष्मी सिग्देलको शैक्षिक र सामाजिक योगदानको महत्त्वलाई उजागर गर्दै भने, “त्यतिबेलाको समाजमा साक्षरता दर कम थियो, तर लक्ष्मी सिग्देल केवल साक्षर मात्रै नभइ शैक्षिक अभियन्ता पनि हुनुहुन्थ्यो।” उनले सेतीले पोखराको बिकासमा सेती वारी र पारी गरि बिभाजनको रेखा हिजोदेखि आजसम्म कोरिरहेको बताउदै गुनासो ब्यक्त गरे ।
पुरस्कार छनौट समितिका संयोजक किशोरदत्त बरालले लक्ष्मी सिग्देलको योगदानलाई गौरवका साथ सम्मान गर्दै भने, “उहाँले चेतनाको दियो बाल्ने अग्रणी भूमिका निभाउनुभएको थियो।”
सम्मानित प्राध्यापक मुकुन्दशरण उपाध्यायले पुरस्कारकालागि सम्झिएकोमा आभार ब्यक्त गरे । उपाध्यायले पोखरामा लुकेका प्रतिभाहरुलाई उजागर गर्न र समाजमा ज्ञानको महत्त्व बुझाउनुपर्ने कुरा उठाए। उनले भने, “पोखरा एउटा सुन्दर स्थान हो, यहाँका मानिस र संस्कृतिहरूले संसारलाई सन्देश दिन सक्ने क्षमता राख्छ। हामीले यो ठाउँमा लुकेका बहुमूल्य व्यक्तित्वहरूलाई पहिचान गरी सम्मान गर्नुपर्छ।”
पोखरा महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष किरण बरालले पोखरालाई सेती वारी र पारीको मानसिक विभाजनबाट मुक्त गर्दै समृद्धिको दिशामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
संस्कृतिविद् कवि तीर्थ श्रेष्ठले सत्पात्रको चयन स्वयंमा गौरव हो भन्दै यो पुरस्कार ग्रहण गरेर यसको गरिमा बढाई दिनु भएकोमा उपाध्यायप्रति आभार ब्यक्त गरे । उनले यस प्रक्रियामा सदस्य भएकोमा आफूलाई गौरबान्धित बनाएको बताए । उनले सेती पूर्बबाटै धेरै पोखराको मेयर बने पनि वारी र पारीको बिभाजित बिकास मानसिकता चिर्ने गरि काम गर्न नसकेको जिकिर गरे ।
कार्यक्रममा पुरस्कार छनौट समितिमा संयोजक किशोरदत्त बराल, संस्कृतिविद् कवि तीर्थ श्रेष्ठ र सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठ रहेका थिए । प्रत्येक २/२ बर्षमा सामाजिक, शैक्षिक, धार्मिक साहित्यिक क्षेत्रका ब्यक्तित्वलाई सम्मान गर्ने यस पुरस्कारको राशी ५१ हजार, ताम्र पत्र र दोसल्ला रहेको छ ।
पृथ्वीधर सिग्देल समाजका अध्यक्ष मैया सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा धन्यबाद अक्षय कोष दाता शारदा सिग्देल पराजुली र संचालन अर्जुन सिग्देलले गरेका थिए ।



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







