अग्नीमाया जोशी समाज सेवा पुरस्कारबाट खड्का सम्मानित


     एभरेस्ट आवाज    
     पौष २० गते २०८१ मा प्रकाशित




पोखरा । अग्नीमाया जोशी समाज सेवा पुरस्कारबाट रामकली खड्का पुरस्कृत भएकी छन् । विगत पाँच दशकदेखि पोखरालाई कार्यक्षेत्र बनाई समाज सेवा गर्दै आएकी खड्का उक्त पुरस्कारबाट पुरस्कृत भएकी हुन् ।

पोखरेली दिदीबहिनी समुहको आयोजनामा शनिबार ललितपुर बार एशोशियसनको सभाहलमा आयोजित एक कार्यक्रमकाविच उनलाई सर्वोच्च अदालतका न्यायाधिश सारंगा सुवेदीले नगद सहित सम्मानपत्रद्वारा पुरस्कृत गरिन् ।

गत वर्ष सडक दुर्घटनामा निधन भएकी आफ्नी श्रीमती अग्नी माया जोशीका नाममा उनका श्रीमान् श्यामशंकर जोशीले ४५ औं दिनको पूण्य तिथीमा पोखरेली दिदीबहिनी समुहले सञ्चालन गर्ने गरि स्थापना गरेको ६ लाखाको अक्षयकोषको स्थापना गरेका थिए ।

पुरस्कृत खड्काले पोखराको सिमलचौरमा महिला सिप किास संस्था नामक संस्थाको स्थापना गरि विगत ५० वर्षदेखि निम्न आय भएका महिलाहरूलाई तालिम प्रदान गर्नुका साथै उत्पादित हस्तकलाबाट निर्मित ब्याग, पर्स, गुडिया लगायतका सामग्रीहरू स्वदेश तथा बिदेशमा समेत बिक्री वितरण कार्यमा सहजीकरण गर्दै आइरहेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।