कास्की जिल्ला टेबल टेनिस संघको अध्यक्षमा योन्जन


     एभरेस्ट आवाज    
     पौष २२ गते २०८१ मा प्रकाशित




पोखरा । कास्की जिल्ला टेबल टेनिस संघको अध्यक्षमा गौतमराज लामा योन्जन चयन भएका छन् । संघको २० औं साधारण सभा तथा ७ औं अधिवेशनले योन्जनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा मुना थापा, द्वितिय उपाध्यक्षमा रविनाथ पन्त, सचिवमा दिपक भण्डारी, सहसचिवान रविन्द्र कट्टेल, कोषाध्यक्षमा देव भुजेल, कार्यसमिति सदस्यमा किसान जिसी, आस्था केसी, तिलक थापा, सोनिम गुरुङ र समिक्षा पोखरेल रहेका छन् ।

यस अघि सभाको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामाले खेलाडीको सफलता उसको मेहनत र धैर्यतामा भर पर्ने बताए । खेलाडी उत्पादनमा राज्यको ध्यान जानुपर्ने बताउँदै टेवुल टेनिस सानो खेल नभई यसका प्रतियोगिता र कार्यक्रम नभएर सानो भएको बताए ।

संघका सल्लाहाकार रमाकान्त बरालले खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्याउन केन्द्रित भएर खेलकुदका गतिविधि वढाउनु पर्ने बताए । नेपाल पत्रकार महासघं कास्की सहसचिव मधु अधिकारीले टेवुलटेनिस सर्वसुल्लभ खेल भएकाले हरेक वडाको सार्वजनिक स्थल वा भवनहरुमा यसको संरचना बनाउन सके टेबुलटेनिस खेलमा खेलाडीको उत्साह र निरन्तरता बढ्ने बताए ।

संस्थाका अध्यक्ष उत्तम जोशीले आफ्नो कार्यकालमा भएका उपलब्धी सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रपति रनिङशिल्डमा टेवुल टेनिसलाई समेट्नु पर्ने धारणा प्रकट गरे । जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रवि पन्त, धन्यवाद ज्ञापन निर्मल सोती र संचालन सचिव कृष्ण रानाभाटले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।