पुस २३ पोखरा । कास्कीको अन्नपूर्ण ९, तिखेढुंगास्थित भगवती माध्यमिक विद्यालयमा सोमबार कमसार्की सुनकुमारी गुरुङ एजुकेसन फाउन्डेसन ट्रष्टले विद्यार्थी तथा शिक्षकलाई स्टेसनरी एवम् शैक्षिक सत्र २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरेको छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ट्रष्टका अध्यक्ष रामबहादुर गुरुङले विद्यार्थीमा पढाइप्रति चासो बढाउन र शैक्षिक उपलब्धि सुधारका लागि विगत १० वर्ष देखि बर्सेनि यस विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग तथा नगद पुरस्कार प्रदान गर्दै आएको बताए ।
प्रमुख अतिथिको रुपमा बोल्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले स्थानीय सरकारले गर्नुपर्ने धेरै कामहरुमा विभिन्न सामाजिक संस्थाहरुले सहयोग गरेको र गाउँपालिकाले यस्ता कार्यको उच्च मुल्याङ्कन गर्दै सबै मिलेर सँगसँगै समृद्धिको यात्रामा हिँड्न चाहेको बताए । उनले अगाडि भने, “हाम्रो पहिलो प्राथमिकता भनेको शिक्षा र स्वास्थ्य हो । विद्यालयमा आवश्यकता के छ ? हामीलाई भन्नुहोस्, सामाजिक संस्था र स्थानीय सरकार मिलेर सम्पूर्ण अवश्यकता पूरा गर्न तयार छौँ । अब हामी सबैको एउटै चाहना छ, हाम्रो शिक्षा गुणस्तरीय हुनुपर्छ ।” उनले विगत तिन वर्षमा २९ प्रतिशत उत्र्तीण दर रहेको एस्ईईको नतिजाबाट ५२ प्रतिशत उत्र्तीण दर पु¥याउन सफल भएकोमा शिक्षकहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै यसवर्ष ७० प्रतिशत उत्र्तीण दरको लक्ष्य पूरा गर्न लागि पर्नुपर्नेमा जोड दिए ।
फाउन्डेसनका अध्यक्ष रामबहादुर गुरुङले प्रत्येक कक्षाबाट २.८ जिपिए वा सोभन्दा माथिल्लो जिपिए ल्याई उत्र्तीण हुन सफल उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्ने गरेको बताउँदै सकेसम्म धेरै विद्यार्थीले निर्धारित जिपिए प्राप्त गरी आगामी वर्षहरुमा समेत फाउन्डेसन र विद्यालय बिचको यो सम्बन्ध निरन्तर बनाउन सहयोग गर्नुपर्ने बताए । सहर केन्द्रित बसाइँसराई बढेको प्रति चिन्ता व्यक्त गर्दै उनले गाउँका दुरदराजमा रहेर पनि विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनुपर्ने बताए । दुर्गम गाउँमा समेत शिक्षाको ज्योति फैलाउन लागिपरेका शिक्षकहरुलाई सम्मान व्यक्त गर्दै उनले यसवर्ष शैक्षिक सत्र २०८० मा उत्कृष्टता हासिल गर्ने १७ जना विद्यार्थीलाई नगद पुरस्कारका साथ विद्यालयका करिब १ सय १५ विद्यार्थी तथा कार्यरत १६ शिक्षकलाई समेत स्टेसनरी सहयोग गरिएको जानकारी दिए । यसैविच सावेत युके मिलन समाजको तर्फबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल ३ जना विद्यार्थीलाई जनही बीस पाउण्डको दरले पुरस्कृत समेत गरिएको थियो ।
विषेश पुरस्कार अन्तर्गत अनुशासित विद्यार्थीको रुपमा कक्षा ७ का आयुष विक, उत्कृष्ट उपस्थितिका आधारमा कक्षा ९ की दीपिका गुरुङ, व्यक्तिगत सरसफाईतर्फ कक्षा ३ की करुणा विक र विद्यालयको सर्वोकृष्ट नतिजाका अधारमा कक्षा ५ की विद्यार्थी अंकिता गुरुङलाई पुरस्कृत गरियो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष भरतमान गुरुङ, वडा नं. ९ का अध्यक्ष रमेश गुरुङ, वडा नं. ४ का वडा अध्यक्ष आइन्दल गुरुङ, प्रशासन शाखाका अधिकृत ठाकुरप्रसाद अधिकारी, विद्यालयका अर्थिक व्यवस्थापन समितिका संयोजक मेजर हितमान गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । विभिन्न विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुती रहेको उक्त कार्यक्रममा स्थानीय आमा समूह र अभिभावकले व्यवस्थापकीय सहयोग गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रअ चन्द्रकुमारी गुरुङले स्वागत तथा शिक्षक खेमबहादुर पुनले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







