प्रेस सेन्टर नेपाल महानगर समितिको अध्यक्षमा गुरुङ


     एभरेस्ट आवाज    
     पौष २४ गते २०८१ मा प्रकाशित




पुस २४ पोखरा । प्रेस सेन्टर नेपाल पोखरा महानगर समितिको अध्यक्षमा हुम गुरुङ सर्वसम्वत चयन भएका छन् । बुधबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

यस्तै समितिको प्रथम उपाध्यक्षमा सपना रसाइली, द्वितीय उपाध्यक्षमा शिव जंग क्षेत्री, कोषाध्यक्षमा सरिता गायक, सचिवमा प्रकाश अधिकारी र सहसचिवमा दिलिप भण्डारी चयन भएका छन् । त्यसैगरी समितिको सदस्यमा गीता तिवारी, एलिसा थापा, रवि भण्डारी र दक्ष गुरुङ छन् ।

यसअघि समितिका अध्यक्ष शिव प्रसाद बस्ताकोटी ‘शिवदाई’ को अध्यक्षतामा भएको कार्यक्रमको सचिव हिमलाल पौडेलले सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।