पोखरा । ल्याङ्ग्वेज एसोसिएसन अफ नेपाल (LAN) को नवौँ वार्षिक साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भयो । अध्यक्ष सृजन भान्साकार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जापानी भाषा संस्कृति बिज्ञ धर्मराज अधिकारीले शुभकामना व्यक्त गर्दै अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरूले उचित शिक्षा र ज्ञान लिएर जानुपर्नेमा जोड दिए ।
कार्यक्रमका विशेष अतिथि एभरेस्ट एफ एमकर्मि दीपेन्द्र श्रेष्ठले शुभकामना व्यक्त गर्दै मिडियाको माध्यमबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उनले सहि प्रोसेस र काउन्सिलिंग गरि भाषामा दक्ष भएर जापान पठाउन र पठाई सकेपछि पनि निरन्तर सम्पर्कमा रहि रहन सुझाए । अर्का विशेष अतिथि इक्यानका केन्द्रीय उपाध्यक्ष भुवन क्षेत्रीले साझा मुद्दामा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
फेकन गण्डकी प्रदेशका अध्यक्ष सञ्जय सुवेदीले विदेश जाने विद्यार्थीहरूको स्वीकृति प्रदेश सरकारमार्फत् दिनुपर्नेमा र नियमन निकायहरूले समयमा नै नियमन गर्नुपर्ने आवश्यकता औंल्याए ।
संस्थापक अध्यक्ष युवराज खनाल र प्रथम उपाध्यक्ष मोतीप्रसाद श्रेष्ठले संस्थाका गतिविधिहरूमा प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नुभयो। सभामा महासचिव बालकृष्ण शर्माले बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष कृष्णप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । दुवै प्रतिवेदन सभाबाट अनुमोदन गरियो।
अध्यक्ष सृजन भान्साकार्यले भाषासम्बन्धी कन्सल्टेन्सीहरूको साझा संस्था रहेको भन्दै विद्यार्थीको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उहाँले जापानी भाषालाई विशेष प्राथमिकता दिइरहेको संस्थाले विगतका कार्यलाई निरन्तरता दिने बताए ।
वार्षिक साधारण सभाबाट लेखापरीक्षकको नियुक्ति, महासचिवको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन अनुमोदन गरिएको छ। ल्याङ्ग्वेज एसोसिएसन अफ नेपाल हाल ४५ कन्सल्टेन्सीहरूसँग आबद्ध छ। संस्थाले विद्यार्थी लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै उनीहरूको हकहितका लागि क्रियाशील रहँदै आएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







