सहारा बाल आ.विमा रोटरी द्वारा न्यानो कपडा वितरण


     एभरेस्ट आवाज    
     पौष २९ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा रोटरी क्लब पोखरा क्लब नं 50507 ले न्यानो कपडा वितरण गरेको छ । क्लबका अध्यक्ष उर्दिप कुमार श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा ५० जना विशेष पारिवारिक अवस्थाका बालबालिकाहरुलाई स्वीटर वितरण गरिएको थियो

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले स्वागत मन्तव्यका क्रममा सहयोगी संस्थालाई हार्दिक धन्यवाद व्यक्त गर्दै विद्यालयलाई सदैव साथ र सहयोग प्रदान गरिदिन अनुरोध गरे । सोहि क्रममा थकालीले विद्यालयले विस्तारै भौतिक रुपमा सवलतातर्फ उन्मुख हुँदा खुसी हुदै विद्यालयलाई विध्वास गरि सहयोग प्रदान गरिदिनुहुने सहयोगी दाताहरुलाई मनैदेखी धन्यवाद व्यक्त  गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी पोखरा मनपा वडा नं ९ का जनप्रतिनिधी नन्दराम गिरिले क्लबका अध्यक्ष सोहि वडाको भएको हुँदा यस विद्यालयलाई वत्तिमुनीको अध्यारो हुनवाट जोगाउन अपिल गरेका थिए साथसाथै स्थानीय तह सदैव विद्यालयको उन्नयनका लागि तयार रहेको वताउदै विद्यालयको प्रगति देखेर खुसी व्यक्त गरे ।

कार्यक्रमका समापनका क्रममा वोल्दै रोटरी क्लब पोखराका अध्यक्ष उर्दिप कुमार श्रेष्ठले आफ्नो वडाको आफूले मतदान गर्ने विद्यालयका विद्यार्थीहरुलाई यसरी सहयोग प्रदान गर्न पाउँदा निकै खुसी व्यक्त गर्दै आगामी दिनमा सोहि ५० जना विद्यार्थीहरुलाई थप स्टेश्‍नरी सामाग्री र ड्रेस पनि उपलब्ध गराउने प्रतिवद्दता व्यक्त गर्दै सो कार्यक्रमका दाता गुरु यु पण्डित आनन्दलाई समेत स्मरण गरेका थिए ।

विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रमा रोटरी क्लब पोखराका निर्वतमान अध्यक्ष कपिल किरण श्रेष्ठ, त्यसैगरि क्लबका इलेक्टेड प्रेसिडेन्ट ओम कुमार श्रेष्ठ, समाजसेवी रत्न ज्वारचन, विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी,सल्लाहकार, समिति पदाधिकारी, शिक्षक एवम् विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।