
पोखरा । वरिष्ठ ज्योतिष पत्रकार एवं प्राध्यापक डा. बलराम उपाध्याय रेग्मीकी आमा मनिकला उपाध्याय रेग्मीको ९३ वर्षको उमेरमा निधन भएको छ। उच्च रक्तचापका कारण गत पुष २६ गते राति २:४५ बजे पर्वत, खुर्कोट–४ स्थित आफ्नै निवासमा उहाँको निधन भएको हो।
मनिकला उपाध्याय रेग्मीका ६ छोरा— ऋषिराम, यदुनाथ, मेघराज, प्रा.डा. बलराम उपाध्याय, केशवप्रसाद र विनोद रेग्मी, २ छोरी, ७ बुहारी, १० नातिनिबुहारी, १८ नाति, ८ नातिनी, ८ पनाति र ६ पनातिनी रहेका छन्।
उहाँको निधनले परिवारजन, आफन्तलाई गहिरो शोकमा पारेको छ। शोकाकुल परिवारप्रति बिभिन्न संघ संस्था तथा सामाजिक व्यक्तित्वहरूले समवेदना व्यक्त गरेका छन्।
शोकको यस घडीमा एभरेस्ट एफ एम प्रा. डा. बलराम उपाध्याय रेग्मी तथा सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।