माघ ४ पोखरा । नेपाली काँग्रेसले पोखरा महानगरपालिका वडा नं ३३ को आप भज्याङ्मा शुक्रबार पार्टीको एक सय दिने विशेष अभियान संचालन गरेको छ ।
त्यस क्षेत्रमा रहेको लगनशील आमा समूह र कालिका माविमा पुगेर काँग्रेसले छलफल गरेको छ । नागरिकका समस्या बुझ्ने, पार्टीबाट गरिएको अपेक्षा बारे जानकारी लिने र सार्वजनिक चासोका विषयमा विशेष प्राथमिकता दिएर अभियान सञ्चालन भैरहेको नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
अभियानका लागि पोखरा ३३ को प्रतिनिधि समेत रहनु भएका सहसचिव सिग्देलले जनताको आशा, विश्वास, भरोसा र आवश्यकतालाई शिरमा राखेर अघि बढ्ने उल्लेख गरे ।
अभियानका क्रममा प्रतिनिधि नेपाली काँग्रेस कास्की क्षेत्र नं ३(क)का सचिव प्रकाशचन्द्र सापकोटा र पोखरा महानगर पालिका वडा नं ३३ का सभापति तिलक अधिकारीले अभियान बारे जानकारी दिएका थिए ।
कार्यक्रममा आमा समूहकी अध्यक्ष लक्ष्मी श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक रुपेन्द्र प्रभावीले विविध विषय बारे पार्टीको ध्यानाकर्षण गराउएका थिए ।
अभियान अन्तर्गत पोखरा ३३ को तल्लो पुडीमा आइतबार कार्यक्रम गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलमा टेबल टेनिस तथा बुद्धिचाल प्रतियोगिता सम्पन्न…





