पोखरा । नेपाली काँग्रेसले पोखरा महानगरपालिका वडा नं ३३ मा पाँचौ दिन पनि पार्टीको एक सय दिने विशेष अभियान जारी राखेको छ ।
सो वडाको बरपौवामा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले देश र जनता नै काँग्रेसको प्राथमिकता भएको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, वडा सदस्य दुर्गा के.सी, नेपाली काँग्रेस कास्कीका आमन्त्रित सदस्य भोजराज आचार्य, नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ३३ का वडा कार्यसमिति सभापति तिलक अधिकारी लगायतले बोलेका थिए ।
अभियानका क्रममा स्थानीय आवश्यकता र जनभावनालाई नजिक बाट बुझ्ने प्रयास गरिएको सो वडाका लागि पार्टी प्रतिनिधि सदस्य प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।
नेपाली काँग्रेस बरपौवा टोल कार्यसमितिका सभापति कृष्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम वडा कार्य समितिका सचिव हरिराम पौडेलले संचालन गरेका थिए ।
अभियानका क्रममा सो वडाका अग्रज नेता देवी बहादुर शाहीको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक सभा पनि गरिएको छ ।
शोक सभा नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट, सहसचिव एवं प्रवत्ता नवीन सिग्देल, वडा कार्यसमिति सभापति तिलक अधिकारी र स्थानीय रामजी प्रसाद आचार्य लगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २ भदौ । कास्कीको रुपा गाउँपालिका–२ माझकोटमा दोस्रो खेम गुरुङ स्मृति…





