तनहुँ मोटरसाइकल दुर्घटनामा मृतक दुई जना आमाछोरा भएको खुलासा


     एभरेस्ट आवाज    
     माघ ८ गते २०८१ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका दुईजना आमाछोरा भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जिल्लाको ऋषिङ गाउँपालिका–६ चालिसे घर भई हाल व्यास–५ पाटन बस्ने १९ वर्षीय सन्दीप आले र निजकी आमा ४० वर्षीया मधुमाया आले रहेका छन् ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१ प ०३१० नंको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट तल खस्दा सवार दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।