
इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की आएको छ । ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात नम्बरबाट आएको कलबाट यो धम्कीको जानकारी दिइएको थियो ।
विमानस्थलका कार्यकारी निर्देशक समूह क्याप्टेन कमरुल इस्लामले सो कुराको पुष्टि गरे । रोमबाट ढाकाका लागि उडेको विमान बीजी–३५६ मा बम आक्रमणको धम्की दिइएको उनले बताए ।
विमानले बिहान ९ः२० मा हजरत शाहजलाल विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो । विमानका २५० यात्रु र १३ चालक दलका सदस्यलाई विमानबाट निकालेर टर्मिनलमा ल्याइयो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।