बरिष्ठ समाजसेवी बिश्लेषक निलकण्ठ शर्मा आज “तनहुँ रत्न सम्मान” बाट सम्मानित हुने


     एभरेस्ट आवाज    
     माघ १२ गते २०८१ मा प्रकाशित




पोखरा, माघ १२ । तनहुँ सम्पर्क समाज पोखराले आफ्नो ८औं साधारण सभा तथा अधिवेशनको अवसरमा समाजका आजीवन सदस्य निलकण्ठ शर्मालाई “तनहुँ रत्न सम्मान” प्रदान गर्ने भएको छ। समाजले शर्माको अमूल्य योगदानको कदर गर्दै यो सम्मान प्रदान गर्न लागेको बताएको छ ।

अर्पण समारोह आज माघ १२ गते शनिबार बिहान ११ः३० बजे पोखरा पार्टी प्यालेस, महेन्द्रपुलमा आयोजना हुने अध्यक्ष भरत केसीले जानकारी दिए । कार्यक्रममा समाजका महासचिव यामबहादुर सुर्खालीले तनहुँ सम्पर्क समाज पोखराले हरेक वर्ष विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्दै आइरहेको बताएका छन् । सम्बाद नेपालका अध्यक्ष समेत रहेका शर्मा पोखराका प्रतिष्ठित सामाजिक बौद्दिक ब्यक्तित्व हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।