पोखरा, माघ १२
भनिन्छ कला र संगीतको न निश्चित भाषा हुन्छ नत निश्चित भुगोलनै । यो त सर्वव्यापी हुन्छ । अर्थात कला र कलाकारको फ्यान जोपनि हुनसक्छ र जहाँपनि ।
यस्तै एउटा उदाहरण पोखरेली व्याण्ड डिमर्चाका गायक भाष्करध्वज श्रेष्ठको जीवनमापनि भएको छ । गत शनिबार उनी तनहुँको दमौली महोत्सवमा व्याण्डको प्रस्तुती दिन गएका थिए । स्टेज चढ्नुअघि होटलमा बसिरहेका उनले एकजना यस्ता फ्यान भेटे कि उनी आफै आश्चर्यचकित भए । जुन संयोग उनले कहिल्यै सोंचेकापनि थिएनन् ।
यसका कारण थिए दमौलीबासी भाइरल युवा सन्दीपजंग बस्नेत । जो डिमर्चाका डाईहार्ट फ्यान रहेछन् । जसले डिमर्चा गायक भाष्करध्वज श्रेष्ठलाई भेट्ने वित्तिकै गल्र्याम्म अंगालो हाले । र गाउन थाले ‘कैलाशैमा शिवजीको बस्ती छ, तारा खस्यौली माया रुँदै बसौली ……………….. ।

यो सबै देखेपछि डिमर्चा गायक भाष्करध्वज निःशब्द भए । केहिबेर त उनी केहि बोल्नै सकेनन् । अनि रसाएको आँखा पुछ्दै उनले तीनै युवालाई अंगालो हालेर धन्यवाद दिए । मैले त कल्पनै गरेको थिईन,गायक श्रेष्ठले भने,‘नब्बेको दशकमा स्थापित हाम्रो व्याण्डको गीतहरु अहिलेको नव पुस्ता, त्यसमापनि फरक क्षमता भएका भाईले एकपछि अर्को गर्दै कन्ठस्थ सुनाउँदा म त भाबुक बनेछु ।’ उनले ह्रदयस्पर्शी भावनाले आफू भाबुक बनेको प्रष्ट्याए । कला र संगीतको कुनै निश्चित भाषा र भुगोल हुँदैन भन्थे,उनले भने,‘हो रहेछ, मैलेपनि त्यो अनुभुत गरेँ ।’

डिमर्चा पछिल्लो समय लाइभ प्रस्तुतीमा पुनरागमन गर्दैछ । केहिअघि काठमाडौंमा गुञ्जिएको डिमर्चा दमौलीपछि पर्वतको कुश्मामा माघ १९ गते र त्यसपछि माघ २६ गते ब्याक टु नाईन्टिज (विरासतलाई फर्केर हेर्दा) कार्यक्रममार्फत पोखरामा गुञ्जिदैछ ।
नब्बेको दशकमा व्याण्डहरुको राजधानी रहेको पोखरामा सो बेलाका व्याण्डहरु अहिले विरासत फर्काउन जुर्मुराउँदैछन् । त्यसैको एक कडीका रुपमा पोखरामा यहि माघ २६ गते शनिबार पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा ‘ब्याक टु नाईन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । जहाँ पोखराका चर्चित ७ व्याण्डहरु कन्दरा, डिमर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगावोण्डले प्रस्तुती दिदैछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






