पोखरा, माघ १३
पोखरादेखि पर्यटकीय गन्तव्य पुम्दिकोट जाने मोटरबाटो एकतर्फी बनाउने निर्णयबाट प्रशासन पछि हटेको छ । स्थानियको विरोध र जनदवाबपछि पोखरा महानगरपालिका वडा नम्बर–२२ स्थित पर्यटकीय गन्तव्य पुम्दीकोट जानेबाटो दुईतर्फी नै सञ्चालन गर्न प्रशासन तयार भएको हो ।
यसअघि धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोटको महादेव मन्दिर विश्व शान्ति स्तुपा र ठूली पोखरी दुबैतर्फबाट जाने गरिएको थियो । तर जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, कास्कीका सुरक्षा प्रमुखहरु, जिल्ला ट्राफिक प्रमुख, पुम्दीकोट ब्यबस्थापन समितिका अध्यक्ष चन्दकान्त बराललगायतको बैठकले माघ ८ गतेबाट पुम्दीकोट जानेबाटालाई एकतर्फी बनाउने निर्णय गरेको थियो । सो निर्णय अनुसार पोखराको छोरेपाटन, विश्व शान्ति स्तुपाहुँदै पुम्दीकोट जाने चारपाङ्ग्रे सवारी साधन सोहि बाटो भएर फर्किन पाईने थिएन ।
यस्तो निर्णय आएपछि विश्व शान्ति स्तुपा क्षेत्रका स्थानियबासीले बदनियतपूर्ण निर्णय भन्दै विरोध गरेका थिए । उनीहरुले दुईतर्फी नै आवतजावत गर्न मिल्ने बनाउन जनदवाब दिएपछि वडाध्यक्ष हिमलाल बरालले एक विज्ञप्ती जारी गर्दै एकतर्फी बाटो सञ्चालन सम्बन्धि निर्णय खारेज भएको तथा दुईतर्फी नै सञ्चालन गर्न सकिने जनाएका छन् । वडाध्यक्ष बरालले हाललाई सवारी साधन एकतर्फी गर्ने निर्णय फिर्ता लिएको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







