पोखरा, माघ १३
पोखरामा जारी ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रथम आईटी महोत्सव अन्तर्गत मोवाइल एक्स्पोपनि जारी छ । पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा नेपाल मोवाइल वितरक संघ गण्डकीले पोखरा नयाबजारमा औद्योगिक व्यापारमेलासँगै चौथो संस्करणको मोवाइल एक्स्पोपनि गरिरहेको हो । जहाँ गण्डकी प्रदेशमा रहेका सबै ब्राण्डका मोवाइलका स्टलहरु रहेको नेपाल मोवाइल वितरक संघ गण्डकी प्रदेश अध्यक्ष मनोहर श्रेष्ठले जानकारी दिए । उनका अनुसार एक्स्पोमा करीब २० वटा विभिन्न ब्राण्डका मोवाइलका स्टलहरु राखिएका छन् । जहाँ दर्शकले आफूले चाहेको ब्राण्डको मोवाइल खरिद गर्नुका साथै सबै ब्राण्डका मोवाइलका फिचरहरुबारे जानकारी लिनसक्ने उनले बताए । एउटै थलोमा सबै प्रकारका मोवाइलका ब्राण्डहरुको जानकारी लिन सक्ने थलो हो मोवाइल एक्स्पो,उनले भने,‘आफूलाई कुन मोवाइल स्विटेबल छ, कुन मोवाइलको विशेषता के हो ? किन मलाई त्यो मोवाइल जरुरी छ भन्ने दर्शकले जानकारी लिनसक्नेछन् । त्योसँगै खरिद गर्न चाहेमा खरिद गर्नपनि पाउँछन् ।’

मेलाको अवसरमा मोवाइल खरिदमा ५० प्रतिशतसम्म छुट दिइएको मोवाइल एक्स्पो कार्यक्रमका संयोजक विनोद केसीले बताए । मोवाइल पसलमा गएर खरिद गर्दा यस्तो छुट पाईंदैन,उनले भने,‘हामीले मेलाको अवसरमा मात्र यस्तो छुट दिएका हौं ।’
मेलाको अवसरमा नेपाल टेलिकमको सिमकार्ड सित्तैमा वितरण गरिनुका साथै नागरिकता लिएर गएमा मोवाइलको ईएमआईसमेत रजिष्टर गर्न सकिने जनाइएको छ । जसले गर्दा मोवाइल हराएमा वा चोरी भएमा सजिलै पत्ता लगाउन सकिने संयोजक केसीले बताए ।

मोवाइल एक्स्पोको अवसरमा मोवाइलमा एक्सचेञ्ज अफर दिइएको संयोजक केसीले जानकारी दिए । उनका अनुसार पुरानो मोवाइलसँग नया मोवाइल साटफेर गर्न सकिन्छ । तर त्यसका लागि पुरानो मोवाइल र नया मोवाइलको मूल्य निर्धारण गरिने र थप्नुपर्ने रकम भने ग्राहकले थपेर लैजान सक्ने उनको भनाई छ ।

मोवाइल विलासिताको वस्तुमात्र नभई यो अत्यावश्यकसमेत भएकाले मोवाइलको बारेमा बुझेर मात्र खरिद गर्नुपर्ने नेपाल मोवाइल वितरक संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष शिवराज पहारीले बताए । त्यसैले आफूलाई चाहिने मोवाइल खरिद गर्दा त्यसको विशेषताबारेपनि जानकारी हुनुपर्छ,उनले भने,‘सोहि विशेषता जानकारी गराउँदै सस्तो मूल्यमा ग्राहकले खरिद गर्न सकून भनेर हामीले मोवाइल एक्स्पो गरेका हौं ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







