साङ्केतिक तस्विर
पोखरा । पोखराको साइमन पार्टी प्लालेसबाट १४ लाख रुपैयाँ चोरी गरेको आरोपमा रुपन्देहीको बुटवलबाट २ जना पक्राउ परेका छन् । पोखरा–८ सिर्जनाचोकस्थित पार्टी प्यालेसको कार्यालयमा राखेको १४ लाख ७४ हजार रुपैयाँ चोरी गरेको आरोपमा उनीहरुलाई बुटवलबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालीका वडा नं.१० घर भएका बर्ष २२ का ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका वडा नं.३ की बर्ष २९ कि पुजा श्रेष्ठ छन् । साइमनमा गत माघ ११ गते राती १ बजेको समयमा चोरी भएको थियो । चोरीको सूचना पाए लगत्तै वडा प्रहरी कार्यालय बैदामबाट अनुसन्धानमा खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा उनीहरुलाई बुटवलबाट आइतबार पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट रु. १२ लाख ५२ हजार ५८० सहित ३ थान मोबाईल सहित पक्राउ गरिएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







