अलि मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलको दोस्रो दिन ७ खेल सम्पन्न


     एभरेस्ट आवाज    
     माघ १४ गते २०८१ मा प्रकाशित




माघ १४ पोखरा । लोक कवि अलि मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता शोमबार सात खेल सम्पन्न भएका छन् । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका खेलमा बरजला एफसी, एनकेबी एफसी, मुस्लिम कल्याण्कारी, रानीपौवा एघार, एनबीपीसी एफसी, माछापुच्छ्रे, श्रीशक्ती र एनएमवाइसी (बी) दोस्रो चरणमा प्रवेश गरेका छन् ।

बरजलाले मियापाटन एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्यो । यस्तै एनकेबीले केआइसीसी बुनलाई पेनाल्टी सुटआउटमा ३–२ को गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्‍यो ।

मुस्लिम कल्याण्कारीले नाइट मेयर एफसीलाई ३–० को अन्तरमा पराजित गर्दा रानीपौवा एघारले अन्नुदादा अभियान पदलाई पेनाल्टी सुटआउनमा ३–२ को अन्तरमा पराजित गर्‍यो ।

एनबीएफसीले हाम्रो एफसीलाई १–० मा स्तब्ध बनाउदा माछापुच्छ्रे श्रीशक्तीले कमलपोखरी एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ मा रोक्यो ।

आजको सातौं अर्थात अन्तिम खेलमा एनएमसीसीले एमपीसीलाई ३–० गोल सहज जित निकाल्यो ।

प्रतियोगिता अन्तरगत मंगलबार पहिलो चरणका सात खेल हुने आयोजक समितिका सरशुल हकले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्वितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५/५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।