गोरेटो कन्सल्टेन्सीको उद्घाटन महानायक राजेश हमालले गर्ने


     एभरेस्ट आवाज    
     माघ १५ गते २०८१ मा प्रकाशित




पोखरा, माघ १४

नेपालकै उत्कृष्ट कन्सल्टेन्सी मध्येको एक गोरेटो कन्सल्टेन्सीको पोखरामा ब्राञ्च सञ्चालनमा आउने भएको छ । पोखराका युवा व्यवसायीहरु राजेन्द्र शर्मा र धिरज कँडेलको संयुक्त लगानीमा पोखराको महेन्द्रपुलमा गोरेटो कन्सल्टेन्सीको ब्राञ्च सञ्चालनमा आएको हो ।

ब्राञ्चको माघ १६ गते बुधबार विहान नेपाली चलचित्रका महानायक राजेश हमालले उद्घाटन गर्ने कार्यक्रम रहेको सञ्चालक राजेन्द्र शर्माले एभरेस्ट आवाजलाई जानकारी दिए । उनका अनुसार ब्राञ्च उद्घाटनका लागि हमाल मंगलबार नै पोखरा आउँदै छन् ।

गोरेटो कन्सल्टेन्सी क्यानडा, युके अध्ययनका लागि जाने विद्यार्थीको सर्बाधिक रोजाइमा पर्ने गरेको गोरेटो कन्सल्टेन्सीका ब्राञ्च निर्देशक धिरज कँडेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।